neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपो ईन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड

ओपो ईन्नो डे २०२१ ले जित्यो एफओटीडी अवार्ड

Jan 12th, 2022

काठमाडौ, पुस २८
ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ । डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५ सय ब्यवसायिक निर्णायकहरु सम्मिलित रहेका छन् । तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने गर्छन् ।

“मोबिअस स्ट्रिप”को अवधारणामा आधारित एक अनलाइन ईभेन्टका रुपमा ओपो ईन्नो डे २०२१ भर्चुअल जगत्मा आयोजित आफ्नो किसिमको पहिलो र पृथक कार्यक्रमका रुपमा रहेको छ । डिजिटल र रोमाञ्चक ईन्नो वल्र्डले आगन्तुकलाई अभूतपूर्व अन्तरक्रियात्मक अनुभव प्रदान गरेको छ । यसले अनलाइन भर्चुअल जगत्को आगमन हुँदैछ भन्ने सन्देश दिएको छ ।’–एफडब्ल्यूए ओपो ईन्नो डे २०२१को आयोजना डिसेम्बर १४–१५मा ओपो ईन्नो वल्र्डमा गरिएको थियो । ईन्नो वल्र्डमा आगन्तुकले आफ्नो ईच्छा अनुसार अवतार अनुकूलन गर्ने, तस्विर खिच्ने तथा नयाँ ओपो एयर ग्लास, ओपो फाइन्ड एन तथा अन्य अत्याधुनिक प्रविधिहरुको अनुभव लिन सक्थे । साथै, ईन्नो वल्र्डमा तिनले समय र भौतिक सीमाहरु पार गर्ने अनुभव समेत बटुलेका थिए । तिनले स्वतन्त्ररुपमा च्याट गर्ने, विश्वभरका अन्य मानिससंग अन्तरक्रिया गर्दै ईमोजी पठाउने तथा आफ्नो ब्यक्तित्व समेत झल्काउने अवसर प्राप्त गरेका थिए । ईन्नो डे २०२१मा २५ लाख आगन्तुकले ईन्नो वल्र्डको भ्रमण गरी ओपोका नवप्रबर्तनको अनुभव गरेका थिए । ईन्नो वल्र्ड हालपनि अनलाइनका माध्यमबाट उपलब्ध रहेको छ । तसर्थ, प्रयोगकर्ताले अझैपनि यसका माध्यमबाट रोमाञ्चक भर्चुअल अन्तरक्रियाको मज्जा लिन सक्छन् ।

फेवरेट वेबसाइट अवार्ड, एफडब्ल्यूएको स्थापना ईंग्ल्यान्डको यूकेमा सन् २००० मेमा भएको थियो । पछिल्लो २२ बर्षमा एफडब्ल्यूएले आधिकारिक एफओटीडी (एफडब्ल्यूए अफ दि डे), एफओटीएम (एफडब्ल्यूए अफ दि मन्थ), एफओटीवाई (एफडब्ल्यूए अफ दि ईयर) र पिपुल्स च्वाइस अवार्ड्स दैनिक, मासिक र बार्षिक आधारमा वितरण गर्दै आइरहेको छ । यसले डिजिटल डिजाइन तथा वेब डेभलपमेन्ट क्षेत्रमा विश्वभरका डिजाइनरहरुलाई निरन्तर अभिप्रेरित गरिरहेको छ ।