आधारभूमि संवाददाता
काठमाडौ, पुस २८
इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्प्टनले ब्रेन्टफोर्डमाथि जित निकालेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
साउथह्याम्प्टनलाई जित दिलाउन जान बेडनारेक,अर्मान्डो ब्रोजा र चे एडम्सले एक-एक गोल गरे ।साउथह्याम्प्टनले एक गोल आत्मघाती उपहार पाएको हो ।
खेलको पाँचौं मिनेटमा जान बेडनारेकले गोल गर्दै साउथह्याम्प्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २३ औं मिनेटमा ब्रेन्टफोर्डका विटाली जेनेल्टले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।
खेलको ३७ औं मिनेटमा ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्प्टन २-१ ले अघि बढ्यो।
दोस्रो हाफको ४९ औं मिनेटमा साउथह्याम्प्टनका अर्मान्डो ब्रोजाले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।
त्यसपछि खेलको ७० औं मिनेटमा चे एडम्सले गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।
जितसँगै साउथह्याम्प्टनले २० खेलबाट २४ अंक जोडेको छ र ११ औं स्थानमा छ ।पराजित ब्रेन्टफोर्डको २० खेलबाट २३ अंक छ र १३औं स्थानमा छ ।