neapl investment mega bank

हिमालयन बैंकको शाखा महेन्द्रनगरमा

Jan 11th, 2022

काठमाडौ, पुस २७
हिमालयन बैंक लिमिटेडले महेन्द्रनगरमा पनि शाखा बिस्तार गरेको छ । बैकका अनुसार आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नयाँ शाखा खोलिएको हो ।

कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६,चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याईएको बैकले जानकारी दिएको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको बैकले जानकारी दिएको छ । सो शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या पाँच पुगेको छ भने एटीएम संख्या एक सय ४८ र पाँच हजारभन्दा बढी पीओएस टर्मिनलको संख्या पुुगेको छ ।