neapl investment mega bank
  • गृहपृष्ठ
  • पश्चिमा संस्कृतिको प्रभावमा नपर्न मन्त्री रेग्मीको आग्रह

पश्चिमा संस्कृतिको प्रभावमा नपर्न मन्त्री रेग्मीको आग्रह

Jan 11th, 2022

काठमाडौ, पुस २७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छन् । काठमाडौंमा आयोजित हिमालय अन्तराष्ट्रिय अवार्ड कार्यकममा मन्त्री रेग्मीले संस्कृति नेपालको पहिचान भएकोले कलाकर्मी लगायत सबै नागरिकले यसको जगेर्ना गर्न बिशेष जोड दिनुपर्ने बताइन ।

उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिइन । ‘सरकारले आफ्नो संस्कृतिलाई बिशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदा समेत दिने गरिएको छ,’मन्त्री रेग्मीले भनिन्, ‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढि देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने त होईन भन्ने चिन्ताको विषय छ ।’ उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरिन् ।
पृथ्वी जयन्तीको शुभकामना दिदै मन्त्री रेग्मीले सबै कलाकर्मीको उज्ज्वल भविष्यको कामना गरेकी छन् ।