neapl investment mega bank
  • गृहपृष्ठ
  • भिभो भी २३ ई जनवरीको मध्यमा सार्वजनिक हुने, स्टेलर क्यामरा सिस्टम सहित आउन सक्ने

भिभो भी २३ ई जनवरीको मध्यमा सार्वजनिक हुने, स्टेलर क्यामरा सिस्टम सहित आउन सक्ने

Jan 11th, 2022

काठमाडौ, पुस २७
विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँचयोग्य होस् भन्ने उद्देश्यले निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।ब्रान्डको भी सिरिज स्मार्टफोनहरु वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रुपमा रहँदै आएका छन । डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोनहरु खरो उत्रिएका छन । यसको श्रेय नयाँ तथा प्रयोगकर्तामैत्री प्रविधिहरु ल्याउँदा उपभोक्तालाई केन्द्रमा राख्ने भिभोको परिपाटीलाई जान्छ ।

भिभो गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफैंले निर्वाह गर्दे आएको छ । केही अफवाहहरुका अनुसार भिभोले ब्रान्डको उपभोक्ताप्रतिको प्रतिबद्धतालाई प्रस्ट्याउने आफ्नो भी सिरिजको पछिल्लो संस्करण भिभो भी २३ ई छिट्टै सार्वजनिक गर्ने भएको छ ।

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आकलन गरिएको छ । केही लीक भएका विवरणहरुका अनुसार यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेशन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्नेछ । उपकरणले ५० मेगापिक्सेलको अटोफोकस पोट्र्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ जसले उच्चगुणस्तरको स्पष्टर उज्यालो तस्बिरहरू उत्पादन गर्ने छ । यसमार्फत युवा पींढीले कन्टेन्ट क्रियशन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफी जस्ता सिर्जनशील पेशामा लागून् भन्ने भिभोको उद्देश्य रहेको छ ।
यसै कुरालाई मध्यनजर गर्दै भी २३ ई को मूल्य भर्खरै यस्ता पेशा शुरुवात गरेका उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी निर्धारण गरिएको छ । सोसल मिडियाको प्रवृत्ति तथा फेशनको संगतमा हुर्के बढेका पींढीका उपभोक्ताका लागि स्टाइलिश स्मार्टफोनको आवश्यकता रहेको तथ्य भिभोले मनन गरेको छ ।

समग्रमा स्मार्टफोन व्यक्तिको निरन्तरको साथी हो । यस हिसाबले स्मार्टफोन यसलाई बोक्ने प्रयोगकर्ताजस्तै आकर्षक हुनु जरुरी छ किनकि फोन हिजोआज व्यक्तिको व्यक्तित्वको एउटा पाटो तथा संभवत स्वअभिव्यक्तिको माध्यम बनिसकेको छ । भिभो भी २३ ई मा ब्रान्डले अत्याधुनिक प्राविधिक उन्नतिमात्र समावेश नगरी उपभोक्ताले हेर्दा आनन्द महसुस गर्ने किसिमको आकर्षक बनाउन अत्याधुनिक डिजाइनलाई पनि आत्मसात गरेको छ ।हालसम्म भिभोको आउँदै गरेको स्मार्टफोनका बारेका बाहिर बाहिर आएकातथ्यहरु यति नै रहेका छन । भिभो भी २३ ई का बारेमा थप उत्साहजनक विवरणहरु थाहा पाउनका लागि प्रतीक्षा गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।