काठमाडौ, पुस २७
बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकहरुको उपस्थिति रहेको थियो । वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बित्तीय सेवा दिदै आएको छ ।
फाइनान्सवाट डिजिटल बैकिङ सेवालगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।