काठमाडौ, पुस २५
बैंक अफ काठमाण्डू लिमिटेड र द शुुसी बार मल्टी कुजाईनबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकरुलाई १० प्रतिसत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पश्चात् ग्राहकहरुले शुसी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १० प्रतिसत छुट पाउनेछन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । शुसी बारले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दे आईरहेको छ ।
बैकले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।