neapl investment mega bank

तोलामा ३०० ले घट्यो सुनको मूल्य

Jan 10th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, पुस २६

आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले घटेर ९१ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले घटेर ९० हजार ८०० मा कारोवार भएको छ । यस अघि आइतबार
तेजावी सुन रु ९१ हजार १०० मा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । यस अघि आइतबार चाँदी रु एक हजार २२५ मा कारोवार भएको थियो ।