आधारभूमि संवाददाता
काठमाडौं, पुष २६
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। आइतबार राति लियोनको घरेलु मैदानमा भएको खेलमा पीएसजी र लियोनले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।
खेलमा पीएसजीको लागि थिलो केहररले एक गोल गरे भने लियोनको लागि लुकास प्याकेटाले एक गोल गरेका थिए।
खेलमा पहिलो अग्रता लियोनले लिएको थियो । खेलको सातौं मिनेटमा लुकास प्याकेटाले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको ७६ औं मिनेटमा पीएसजीको लागि थिलो केहररले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।थिलो वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए।
बराबरीसँगै पीएसजीको २० खेलबाट ४७ अंक छ र तालिकाको शीर्ष स्थानमा छ। लियोनको १९ खेलबाट २५ अंक छ र ११औं स्थानमा छ ।