आधारभूमि संवाददाता
काठमाडौं, पुष २५
ललितपुरको महालक्ष्मी वडा नं। ७ मा रहेको उदय विनायक महिला सहकारी संस्थाले स्वास्थ्य शिविर चलाएको छ । सो संस्थाले के.ए.सी. स्पतालको प्राविधिक सहयोग, महालक्ष्मी नगरपालिको स्वास्थ्य शाखा र महालक्ष्मी नगरपालिका वडा नं. ७ को स्काउट क्रूयको आर्थिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ३२० जनाले स्वास्थ्य जाँच गराए .
शिविरमा के.एम.सी.अस्पतालका जनरल म्यानेजर नारायण दाहालले के.एम.सी.अस्पतालले सरकारी अस्पताल मध्ये पहिलो रोवड प्रविधिबाट टाउकाको भिडियो एक्सरे र समय नपुग्दै जन्मने ६ महिनामा जन्मने शिशुहरुको पहिलो पटक सेवा सूचारु गर्नुका साथै मुटु रोगको उपचार हुने जानकारी दिए ।
उनले आजको शिविरमा इसीजि, भिडियो एक्सरे, रगतका जाँचहरु एच. बि., सुगर, युरिन आर.ई..युरिक एसिड, ब्लड ग्रुप, निशुल्क चेक जाँचका साथै निशूल्क औषधि वितरण गर्ने तथा अप्रेशन गर्नुपर्ने भएमा बेड भाडा र सल्यक्रियामा ५० प्रतिशत छुट दिने बताए ।