आधारभूमि संवाददाता
काठमाडौ, मंसिर २५
सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० तोकेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ ।