neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

Jan 9th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष २५

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अग्रता जोगाउन नसक्दा ग्रानाडासँग बराबरीमा रोकिएको छ ।शनिबार राति ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनालाई ग्रानाडाले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि लुक डे जोंगले एक गोल गरे भने ग्रानाडाको एन्टोनियो पुएर्टासले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको ५७ औं मिनेटमा लुक डे जोंगले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७९ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।बार्सिलोनाका गाभिले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।जसको फाइदा ग्रानाडाले उठाउन सफल भयो।

खेलको ८९ औं मिनेटमा ग्रानाडाका एन्टोनियो पुएर्टासले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै बार्सिलोनाको २० खेलबाट ३२ अंक छ र छैटौं स्थानमा छ ।ग्रानाडाको २० खेलबाट २४ अंक जोडेको छ र १२ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi