neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बायर्न म्युनिख घरेलु मैदानमा पराजित

Jan 8th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २४

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले हार व्यहोरेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बायर्न म्युनिख बोरुसिया मोन्चेनग्लादबाखसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बायर्नको मैदानमा मोन्चेनग्लादबाखलाई जित दिलाउन फ्लोरियन न्यूहाउस र स्टेफन लाइनरले एक-एक गोल गरे ।बायर्नका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता बायर्नले लिएको थियो । खेलको १८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर,खेलको २७ औं मिनेटमा मोन्चेनग्लादबाखका फ्लोरियन न्यूहाउसले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलको ३१ औं मिनेटमा स्टेफन लाइनरले गोल गर्दै मोन्चेनग्लादबाखलाई २-१ को जित दिलाए ।

हारपछि पनी बायर्नको १८ खेलबाट ४३ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।मोन्चेनग्लादबाखको १८ खेलबाट २२ अंक छ र तालिकाको ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi