neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलनः मोर्चा

पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलनः मोर्चा

Jan 7th, 2022

काठमाडौ, पुस २३
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्तीमा सार्बजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइटेलले २२से÷२४से गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निमार्ण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावानी दिए । भर्खरै नेकपा ९माओवादी केन्द्र०को महाधीवेसनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसंख्यक हिन्दु धर्मावलम्बिहरुलाई सह्य नहुने बताउँदै भने,“खबर्दार १ प्रचण्ड हामीलाई होम,पुराण,यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभीमानमाथि ठेस पुगेको छ, यस्को दुषपरिणमको भागिदार हुन तयार हुनु ।” अध्यक्ष लुइटेलले माओवादी महाधीवेसनमा कार्यकर्तालाई धर्मसंस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घतक भएको आरोप लगाए ।
लुइटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देश द्रोही भएको बताए । मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तिलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।

पत्रकार सम्मेलनमा मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिदै भनिन,“जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन विदा तथा जन्मजयन्ति उत्सबकारुपमा मनाउन माग गर्दा पनि सुन्दैन, बरु गौरवशाली इतिहास मेटाउन खेज्दै छन, तिनीहरुलाई जनताले छाड्ने छैनन ।” उनले अगाडी भनिन्,“हाम्रो स्वाभिमानी इतिहास मेटाउन खोज्नेहरुको पनि अस्तित्व मेटाउने दिन नआओस ।”

पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका अध्यक्ष हरिबोल भट्टराई, मोर्चाका राष्ट्रिय संयोजक द्वोय शेखरजंग रायमाझी, सोभाराम थापा, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, मोर्चाका सहमहामन्त्रीद्वोय स्यामसुन्दर बलामी र केशव ढुङगाना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi