neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकद्वारा भक्तपुर सि.सि.टि.भि. जडान समितिलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा भक्तपुर सि.सि.टि.भि. जडान समितिलाई आर्थिक सहयोग

Jan 7th, 2022

भक्तपुर, पुस २३
पौराणिक कला संस्कृति तथा पौराणिक महत्वले भरिपूर्ण जिल्ला भक्तपुरको समग्र शान्ति सु–व्यवस्थाचुस्त दुरुस्त तथा प्रविधि मैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सि.सि.टि.भि. जडान समितिको उद्देश्यप्रतिको सहयोगार्थ तथा भित्री सडक खण्डमा सि.सि.टि.भि. जडान कार्यमा सहयोगका लागि एभरेष्ट बैंक लिमिटेडले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका संचालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले भक्तपुर सि.सि.टि.भि.जडान समितिका सचिव पदमलाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्याक्रमकाबिच हस्तान्तरण गरेका हुन । साथै सो कार्यक्रममा बैंककातर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायवउपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं सन्तुष्ट ग्राहकहरु आवद्ध छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैंकिङ्ग सुबिधा प्रदान गर्दे आइरहेको छ । बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।