neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण

Jan 7th, 2022

काठमाडौं २३ पुस

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ । यसअघि पनि २ जना विदेशीसहित १ एक जना नेपालीलाई ओमिक्रोन पुष्‍टि भएको थियो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

मिश्राका अनुसार सीमा नाकामा कोभिड परीक्षणलाई थप प्रभावकारी बनाइएको र पोजेटीभ भएकालाई ओइशोलेसनमा राखिएको छ ।