neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबी बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 7th, 2022

काठमाडौ, पुस २३
एनएमबि बैंकको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही पुस २२ गते बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूजीको १२ दसमलव ५० प्रतिशत बोनस शेयर र तीन दसमलव तीन प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ आषाढ सम्ममा खुद नाफा दुई अर्ब ७१ करोड, निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रहेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनद्वारा बैंक अफ दि एयर एशिया २०२१ र बैंक अफ दि एयर नेपाल २०२१ बाट एनएमबी बैंकलाई सम्मानित गरेको छ ।उक्त अवार्ड शेयरधनीहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाव एवं सल्लाह मुताबिक भएको परिणामकोरुपमा लिँदै सम्पूर्णहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपाल कै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दे आईरहेको छ ।