neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स र नापोलीको बराबरी

Jan 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २३
इटालियन सिरी ए फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नापोली युभेन्ट्ससँग बराबरीमा रोकिएको छ ।बिहीबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा नापोली र युभेन्ट्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा नापोलीको लागि मर्टेन्सले एक गोल गरे भने युभेन्ट्सको फेडेरिको चिएसाले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता नापोलीले लिएको थियो । खेलको २३ औं मिनेटमा मर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ५४ औं मिनेटमा युभेन्ट्सका फेडेरिको चिएसाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै नापोलीको २० खेलबाट ४० अंक छ र तालिकाको तेस्रो स्थानमा छ। युभेन्ट्सको २० खेलबाट ३५ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi