neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न

Jan 6th, 2022

काठमाडौ, पुस २२
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ ।बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएकाछन । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भनेकाछन ।

त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध्यावधिक छलफल भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिएकाछन ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराउनु भएको थियो । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री खाणले अवकाश पाउनु भएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाई गरेका थिए । गृहमन्त्री खाणले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई दिएकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi