neapl investment mega bank
  • गृहपृष्ठ
  • दक्षिण कोरियाली राष्ट्रपतिद्धारा उत्तर कोरियासँग वार्तामा जोड

दक्षिण कोरियाली राष्ट्रपतिद्धारा उत्तर कोरियासँग वार्तामा जोड

Jan 6th, 2022

सोल,२२ पुस /रासस/सिन्ह्वा
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिनुभएको छ ।उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको थियो । त्यसलगत्तै दक्षिण कोरियाका राष्ट्रपति इनले सो प्रस्ताव अघि सार्नुभएको हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बुधबार सो क्षेप्यास्त्र उत्तर कोरियाले हालेको भनी दाबी गर्नुभएको थियो । उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइलको फाइल फुटेज टेलिभिजनमार्फत देखाइएको थियो । दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र उत्तर कोरियाले नै हानेको दाबी गरिरहेका छन् ।

उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस) ले पनि जनाएको थियो । तर ती अधिकारीहरुले योबारेमा अझै यकीन भने भइसकेको छैन भनेका छन् ।संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले समय समयमा यो क्षेप्यास्त्र हान्ने गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियासँग अन्तर कोरिया वार्ताका लागि आग्रह गर्नुभएको हो । उहाँले सो वातावरण बनाउन पनि आग्रह गर्नुभएको दक्षिण कोरियाली मिडियाले जनाएका छन् ।यस्तो अवस्थामा शान्ति वार्तालाई अघि बढाउनुपर्ने भन्दै उहाँले यसका लागि उत्तर कोरियाले पनि वातावरण बनाउनुपर्ने बुधबार यहाँ आयोजना गरिएको एक रेलसम्बन्धी समारोहलाई सम्बोधनका क्रममा बताउनुभएको हो ।