neapl investment mega bank

एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व

Jan 5th, 2022

काठमाडौ, पुस २१
पुस २३, २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धिफण्ड–१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि.व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रतिइकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।

एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धिफण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागे सँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।