neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंकद्वारा नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदकप्राप्त गर्ने विद्यार्थीलाई सम्मान

नेपाल बैंकद्वारा नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदकप्राप्त गर्ने विद्यार्थीलाई सम्मान

Jan 5th, 2022

काठमाडौ, पुस २१
नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल बिद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिभुवन बिश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग किर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण खरेललाई त्रिभुवन बिश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन बिश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरि सुरु भएको उक्तपदक बिश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलताप्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताए । कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।