neapl investment mega bank
  • गृहपृष्ठ
  • तोलामा ६०० ले बढ्यो सुनको भाउ, कति पुग्यो ?

तोलामा ६०० ले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Jan 5th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २१ पुस

आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।