neapl investment mega bank

सानिमा बैंक अब धादिङको मलेखुमा

Jan 4th, 2022

काठमाडौ, पुुस २०
सानिमा बैंक लिमिटेडले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन मंगलबार सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुुन ।

समुद्घाटन् समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बंैककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेकाछन । त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।