आधारभूमि संवाददाता
काठमाडौ २० पुस
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य निर्वाचनका उमेदवारको चयन गरेको छ । पार्टीले ५ जना उम्मेदवार टुंगो लगाएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार गण्डकीबाट अन्य समूहमा सुरेश आले मगर तथा दलितमा भुवन सुनार उम्मेदवार बनेका छन् । कर्णालीबाट नरबहादुर विस्ट र सुदूरपश्चिमबाट जगत पार्की उम्मेदवार बनेका छन् ।
त्यस्तै प्रदेश २ बाट महिलामा उर्मिला अर्याललाई उम्मेदवार बनाउने सहमति भएको छ । आले संविधान सभाका पूर्व सदस्य हुन् भने एमाले परित्याग गरेर माओवादी प्रवेश गरेकी अर्याल पूर्वमन्त्री हुन् ।
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलवार उम्मेदवार मनोनयनको कार्यक्रम छ ।