काठमाडौ, पुुस २०
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा सोमबार बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरको होटल हैरिसन प्यालेसमा कम्पनीले बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साभारण सभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।सभाले चुक्ता पूँजीको १२ दसमलव ७० प्रतिशत बोनस शेयर तथा शुन्य दसमलव ६६ प्रतिशत नगद लाभांश गरी १३ दसमलव ३६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार एक सय रुपैयाँ पुग्ने छ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क”बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख”बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह“क” बाट श्री केशव प्रसाद भट्टराई, श्री हेमन्त नाहटा, श्री विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएकाछन भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएकाछन ।
कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना एक सय ३५ वटा शाखा सञ्जालमा रहेका ४९ हजार सात सय १७ अभिकर्ताहरुमार्फत एक लाख २२ हजार नौ सय ७० बीमा लेखबाट दुई अर्ब एक करोड ८५ लाख ७१ हजार तीन सय १८ रुपैयाँ बीमा शुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी २९ करोड १८ लाख ६७ हजार तीन सय १० रुपैयाँ गरेको छ ।