neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड उल्भ्ससँग पराजित

Jan 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष २०
इंग्लीस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड उल्भ्ससँग पराजित भएको छ । सोमबार राति भएको खेलमा उल्भ्सले युनाईटेडलाई उसकै घरेलु मैदान १-० गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा उल्भ्सलाई जित दिलाउन जोआओ माउटिन्होले विजयि गोल गरे। माउटिन्होले खेलको ८२ औं मिनेटमा गोल गरेका हुन् । उल्भ्सले करिब ४२ वर्षपछि पहिलो पटक ओल्ड ट्राफोर्डमा जित निकालेको हो ।

जितसँगै उल्भ्सले १९ खेलबाट २८ अंक जोडेको छ र आठौं स्थानमा छ ।पराजित युनाईटेडको १९ खेलबाट ३१ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi