neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसमः तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो

आजको मौसमः तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो

Jan 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ २० पुस

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।
आज मंगलबार सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदली रहने छ।

सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा मौसमविद्ले आग्रह गरेका छन्। ।

साथै बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन्।