neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

Jan 3rd, 2022

काठमाडौ, पुस १९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकीछन ।मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै त्यसलाई तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताईन ।

मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न समेत निर्देशन दिईन । बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समिक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो ।

छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताईन ।राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिन देखिनै प्रभावकारी रुपमा काम गर्दै आएको र सरकारले जुन उदेश्य लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ त्यो पुरा गर्न आफुहरु तत्पर रहेको बताईन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भ अनुसार छिटो र प्रभावकारी रुपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताईन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi