neapl investment mega bank
  • गृहपृष्ठ
  • निलम्बित सांसद रेशम चौधरीले खोले ‘नागरिक उन्मुक्ति पार्टी’

निलम्बित सांसद रेशम चौधरीले खोले ‘नागरिक उन्मुक्ति पार्टी’

Jan 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ १९ पुस
निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गरेका छन् । बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

कैलाली टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका चौधरीले आफ्ना समर्थक मार्फत दल दर्ता गराएका हुन् ।
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।