neapl investment mega bank
  • गृहपृष्ठ
  • जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ

जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ

Jan 2nd, 2022

काठमाडौं, पुस १८
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टक बहादुर लामिछानेलाई पुस ११ गते प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका ४ लोलाङ हाईटबाट पक्राउ गरेको छ ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दुस्ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्यालको र २ जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।