काठमाडौ, पुस १८
एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा भन्ने नारासहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो ।
क्यापिटलले विगतका वर्ष देखि नै एक नेपाली, एक डिम्याट खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यही पुस १८ गते देखि मिति २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र एन आई सी एशिया अनलाईन डिम्याट सेवामार्फत डिम्याट खाता खोल्ने खातावालाहरुमध्ये गोलाप्रथा विधिबाट साप्ताहिकरुपमा भाग्यशाली ग्राहकहरुको छनौट गरिने छ । भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसियल मिडिया पेजमा मार्फत प्रकाशित गरिने छ ।