काठमाडौ, पुस १८
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गरेकीछन । मन्त्रिपरिषद्को निर्णय अनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यहरुलाई मन्त्री रेग्मीले नियुक्ति पत्र प्रदान गरेकी हुुन ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिना भित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएकीछन । ‘तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नुहोला’,मन्त्री रेग्मीले भनिन, ‘नयाँ कार्य समिति चयन गर्न तपाईहरु सफल हुनुहोस ।’
यसअघि केपी ओली नेतृत्वले नियुक्त गरेका तदर्थ समितिले अधिवेशन गर्न सकेको थिएन । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ समितिको चुनाव तीन महिनाभित्र गर्ने कार्यादेश दिएर तदर्थ समिति गठन गरेको मन्त्री रेग्मीले जानकारी दिईन । ‘फेरि ३ महिना थप्नु पर्ने अबस्था नआओस’,कार्यकाल सफलताको शुभकामना दिदै उनले बिधी, विधान मानेर प्रक्रिया अनुसार तीन महिनाभित्र अधिवेशन गराउन तदर्थ समितिलाई निर्देशन दिईन । अघिल्लो सरकारले रेडक्रसलाई छिन्न भिन्न बनाउने काम गरेको बताउँदै मन्त्री रेग्मीले कानुन विपरित काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलिन बनेको उल्लेख समेत गरिन ।
उहाँले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न तदर्थ समितिलाई निर्देशन दिईन । मन्त्री रेग्मीको निर्देशनपछि नियुक्तिपत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको छ । मन्त्री रेग्मीको निर्देशनपछि नै तदर्थ समितिका नवनियुक्त अध्यक्ष सुदर्शन प्रसाद नेपालले भोलिसम्म कर्मचारीका जायज माग सम्बोधन गर्न वार्ता समिति नै बनाउने प्रतिवद्धता जनाएको मन्त्री रेग्मीको निजी सचिवालयले जानकारी दिएको छ ।