neapl investment mega bank
  • गृहपृष्ठ
  • ओमिक्रोन भेरिएन्टबाट जोगिन सरकारको यस्तो आग्रह

ओमिक्रोन भेरिएन्टबाट जोगिन सरकारको यस्तो आग्रह

Jan 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ १८ पुस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलनबाट सतर्क रहन आग्रह गरेको छ । आज एक विज्ञप्ती मार्फत देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन आग्रह गरेको हो ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदणहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनेलगायतमा जोड दिनुहोला ।’