neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सान्चेजको गोलमा टोटेनहमको जित

Jan 2nd, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष १८
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हटस्परले जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

वाटफोर्डको घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेभिनसन सान्चेजले विजयि गोल गरे।सान्चेजले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।

जितसंगै टोटेनहमले १८ खेलबाट ३३ अंक जोडेको छ र तालिकाको छैटौं स्थानमा छ ।पराजित वाटफोर्डको १८ खेलबाट १३ अंक छ र तालिकाको १७औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi