काठमाडौ, पुुस १६
बिद्युतीय माध्यमबाट राजश्व लिने कार्यालय मार्फत हुने आयातमा अबदेखि चेक जारी गर्न नपाईने व्यवस्था कार्यान्वयनमा आएको छ ।
राष्ट्र बैकले बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैकहरुको नाउँमा शुक्रबार परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । जसअनुसार बिद्युुतीय प्रणाली लागु भई बिद्युुतीय माध्यमबाट मात्र भन्सार राजश्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुुने आयातको हकमा चेक जारी गर्न पाईने छैन तर उल्लिखित धरौटी रकम भने लिनुु पर्ने परिपत्रमा उल्लेख छ ।
यो व्यवस्था अनुसार मालसामान आयातको भुक्तानीको लागि प्रचलित व्यवस्था अन्र्तगत रही प्रतीतपत्र, ड्राफ्ट वा टि. टि को माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिने छ तर भारु तीन करोड रुपैयाँ भन्दा बढीको बस्तुु आयात गर्दा अनिवार्यरुपमले प्रतीतपत्र मार्फत गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।