neapl investment mega bank
  • गृहपृष्ठ
  • बढ्यो बैंकहरुको लगानी घरजगगा र गाडीमा, उत्पादनमुलक उद्योगमा लगानी गर्न छैन पैसा

बढ्यो बैंकहरुको लगानी घरजगगा र गाडीमा, उत्पादनमुलक उद्योगमा लगानी गर्न छैन पैसा

Dec 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १६

घरजग्गामा बैंक तथा वित्त संस्थाको लगानी ७ दशमलव एक प्रतिशतले बढेको छ । महामारीका बिचमा पनि घरजग्गाको कारोबार बढेकाले यस्तो लगानी बढेको हो ।

त्यस्तै घर तथा गाडी सँगै मोटर खरिदका लागि प्रवाह हुने कर्जा पनि अर्थात हायर पर्चेज कर्जा ४.२ प्रतिशतले बढेको छ । तर यहि समयमा उत्पादनमुलक उद्योगले रकम मागेमा लगानी गर्नका लागि भने बैंकहरुसँग पैसा छैन ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो ।

बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ । कात्तिक महिनासम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ ।

२०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, रियल स्टेट कर्जा ७.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.४ प्रतिशतले र हायर पर्चेज कर्जा ४.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.१ प्रतिशतले घटेको छ ।