काठामाडौ, पुस १५
नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्व विद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ । भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा ग्वाछालाई त्रिभुवन बिश्व बिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी. स्वर्ण पदक प्रदान गरेका थिए ।
वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयांको अक्षय कोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्व बिद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौमा यही पुस १४ गते आयोजित एक कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको नाममा स्थापित छत्रमान सिंह के.सी. स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता ग्वाछालाई बधाई दिनुहुदै सम्मान गरेका थिए ।
साथै, भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुनेछ भन्ने शुभेच्छा व्यक्त गरेका थिए । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विधार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताएका थिए । कार्यक्रममा पदक बिजेता विधार्थी ग्वाछाले नेपाल बैंककोे नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैकप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।