neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना अपडेटः २२० जनामा संक्रमण, २ को मृत्यु

कोरोना अपडेटः २२० जनामा संक्रमण, २ को मृत्यु

Dec 29th, 2021

काठमाडौ १४ पुस

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,८६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।