आधारभूमि संवाददाता
काठमाडौ, पुस १४
आज सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९३ हजार २०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले घटेर ९३ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले घटेर ९२ हजार ५०० मा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु ९२ हजार ७०० मा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । यस अघि मंगलबार चाँदी रु एक हजार २५० मा कारोवार भएको थियो ।