neapl investment mega bank
  • गृहपृष्ठ
  • ठूला सेयर लगानीकर्तामा बैंकहरुको लगानी घट्दै , १ करोड माथिको सेयरकर्जा १० प्रतिशतले कमि

ठूला सेयर लगानीकर्तामा बैंकहरुको लगानी घट्दै , १ करोड माथिको सेयरकर्जा १० प्रतिशतले कमि

Dec 29th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर १४

बैंकहरुले ठूला सेयरलगानीकर्ताको ऋण घटाउँदै लगेको देखिएको छ। ठूला ऋणीहरुको ऋण पछिल्लो समय घट्दै गएको आकडा राष्ट्र बैकले प्रकाशन गरेसँगै यो पुष्टि भएको छ ।

१ करोड भन्दा माथिको यस्तो कर्जा अहिले १० दशमलव सात प्रतिशतले घटेको नेपाल राष्ट्र बैंक बताउँछ ।

७ अर्ब ८४ करोडले सेयर बजारमा जाने १ करोडभन्दा माथिको लगानी घटेको देखिन्छ । तर, ५० लाख देखि १ करोड रुपैयाँसम्मको ऋण ५ दशमलव सात प्रतिशतले र २५ देखि ५० लाखसम्ममो १२ दशमलव तीन र २५ लाख सम्मको १६ प्रतिशतले कर्जा भने बढेको देखिएको छ ।

तरलता अभावको स्थिती सिर्जना नहोस् र सेयरबजारमा अनाबश्यक मात्रामा लगानी नबढोस् भनेर राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो कर्जामा कडाई गरेको छ। बैंक तथा वित्त संंस्थाले एक ब्यक्तिलाई पुरै वित्तीय प्रणालीबाट १२ करोड र एकै बैंकबाट ४ करोड भन्दा बढि लगानी गर्न पाउँदैनन् ।

जसको फलस्वरुप पछिल्लो समय यस्तो क्षेत्रमा जाने कर्जामा कमि आएको देखिन्छ । नेपाल राष्ट्र बैंकको आकडा अनुसार यस्तो कर्जा चार महिनाको अवधिमा ४ दशमलव एक प्रतिशतले कम भएको छ ।

गत असारसम्ममा बैंक तथा वित्त संस्थाले सेयरबजारमा १ खर्ब ६२ अर्ब लगानी गरेका थिए । जुन लगानी गत कात्तिकमा आउँदासम्ममा ४ अर्ब ३३ करोडले कमि आउँदै १ खर्ब १९ अर्बमा सिमित भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ठूलो खालका लगानीमा बैंकहरुले साइज घटाउन खोज्दा ठूलै परिमाणमा गएका ऋणहरु घटेका देखिएका हुन् ।

अर्थात ठूला सेयर लगानीकर्ताको ऋण घटाएका बैंकहरुले साना सेयर लगानीकर्तामा प्रवाह गर्ने ऋणमा भने कमि ल्याएका छैनन् । राष्ट्र बैंकको नीतिले सिमित सेयर लगानीकर्ताले बैंकको रकम उपयोग गर्नेमा कमि ल्याउँदै साना लगानीकर्तामा भने लगानी बढाएको देखिन्छ ।