neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • साउथह्याम्पटनसँग बराबरीमा रोकियो टोटेनहम

साउथह्याम्पटनसँग बराबरीमा रोकियो टोटेनहम

Dec 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १४
इंग्लीस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा टोटेनहम १० खेलाडीमा समेटियको साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा टोटेनहमको लागि ह्यारी केनले एक गोल गरे भने साउथह्याम्पटनको लागि जेम्स वार्ड-प्रोजले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता साउथह्याम्पटनले लिएको थियो ।खेलको २५औं मिनेटमा जेम्स वार्ड-प्रोजले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए।

खेलको ३९ औं मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । साउथह्याम्पटनका मोहम्मद सलिसुले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा टोटेनहमले उठाउन सफल भयो।

खेलको ४१ औं मिनेटमा टोटेनहमको लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ५३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । तर, भीएआरमा अफसाइड देखिएपछि केनको गोलले मान्यता पाएन ।

बराबरीसँगै टोटेनहमले १७ खेलबाट ३० अंक जोडेको छ र छैटौं स्थानमा रहेको छ । साउथह्याम्पटनको १९ खेलबाट २१ अंक जोडेको छ र १३औं स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi