neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • देशभर हिउँदे वर्षाः कहिले सम्म रहला पश्चिमी वायूको प्रभाव ?

देशभर हिउँदे वर्षाः कहिले सम्म रहला पश्चिमी वायूको प्रभाव ?

Dec 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ १४ पुस

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको छ ।

भोलि र पर्सी पनि वर्षा र हिमपात जारी रहने विभागको पूर्वानुमान छ ।

२०७८ पौष १५ गते बिहीबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीःदेशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

पौष १६ गते शुक्रबार

दिउँसोःदेशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi