neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • खेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई

खेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई

Dec 28th, 2021

काठमाडौ, पुस १३
बंगलादेशको ढाकामा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवात था खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएकाछन । साविकको विजेता नेपालले उज्वेकिस्तान माथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दे बधाई दिएका हुुन ।

नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिएका हुन । उनले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गरेकाछन ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi