neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिराहामा निषेधाज्ञा , यस्तो छ कारण

Dec 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ १३ पुस

सिराहामा आज बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

स्थानीय प्रशासनले बुधबारसम्म निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको सूचनामा उल्ललेख छ ।

उनकाअनुसार आदेश उल्लंघन गरे सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गरिने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi