neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुर उद्योग वाणिज्य संघमा दुई देशका राजदूतहरुलाई स्वागत

भक्तपुर उद्योग वाणिज्य संघमा दुई देशका राजदूतहरुलाई स्वागत

Dec 27th, 2021

भक्तपुर, पुस १२
भक्तपुर उद्योग वाणिज्य संघले एक कार्यक्रम बीच संघ सचिवालयमा थाईलाण्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत गर्यो । उक्त स्वागत समारोहमा भक्तपुर जिल्लाको आर्थिक विकासमा थाईलाण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा छलफल भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष शिव प्रसाद मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितको रक्षाका साथ साथै उद्योग व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघले थाईलाण्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरु सित सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न ठोस कदम चाल्ने कुरा बताउनु भयो । श्रीलंकाका महामहिम राजदूत श्री हिमाली शुभाशिनी तिलकरत्नले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्शसित भ्रातृत्व सम्बन्ध विकासका लागि गर्नु पहल र सहयोगका लागि धन्यबाद ज्ञापन गर्नु भयो भने थाईलाण्डका उद्योग वाणिज्य संघहरु सित सम्बन्ध स्थापित गर्न सहयोगका लागि पनि थाईलाण्डका राजदूतलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै थाईलाण्डका महामहिम राजदूत श्री वोसित वोरोसाफले दुई देश बिच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पु¥याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताउनु भयो । वहाँले भक्तपुर उद्योग वाणिज्य संघको न्यानो आतिथ्यताको लागि हार्दिक आभार व्यक्त गर्नु भयो ।

त्यस्तै श्रीलंकाका महामहिम राजदूत श्री हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको कुरा सुनाउँदै श्रीलंका र नेपाल दुबै पर्यटन उद्योगमा केन्द्रित मूलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताउनु भयो । वहाँले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पु¥याउने विश्वास दिलाउनु भयो ।

संघका बरिष्ठ उपाध्यक्ष श्री रोशनी मैयाँ धौबन्जाले पनि आफ्नो विचार राख्नु भएको उक्त कार्यक्रममा संघका सल्लाहकार, कार्य समिति सदस्य एवं बिभिन्न बस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।