neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नो पक्षमा समाचार नलेखे कारवाही गर्ने जनप्रतिनिधिको चेतावनी

आफ्नो पक्षमा समाचार नलेखे कारवाही गर्ने जनप्रतिनिधिको चेतावनी

Dec 27th, 2021

आधारभूमि संवाददाता
ललितपुर १२ पुस

ललितपुरको महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले आधारभूमि डट कमका संचालक बलराम वाग्लेलाई भौतिक कारवाहीको धम्की दिएका छन् । महालक्ष्मी नगरपालिकाका वडा अध्यक्ष नकुल थापा र वडा नं. ७ की महिला सदस्य रेष्मा कार्कीले नगरपालिकाको समाचारको विषयलाई लिएर वाग्ले विरुद्ध करवाहीको चेतवानी दिएका हुन् ।

आधारभूमि डट कमले महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी ः महालक्ष्मी नगरवासीको कठिनपूर्ण यात्राका विषयलाई लिएर’ महालक्ष्मी नगरपालिकाका जनतालाई फोहोर हिलोमा डुवाउदै जनप्रतिनिधि भने पोखराको डुङ्गामा तैरिदै’ भन्ने समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित गरेको मिति गत असार २ गते देखि पुस १० गतेसम्म लगातार धम्की दिदै समाचार नलेख्न चेतावनी दिदै आएका छन् समाचार प्रकाशित भएददेखिनै महालक्ष्मी नगरपालिका वडा अध्यक्षले मौखिक भेटेर धम्क्याएको र अन्तिम पटक २०७८ पौष १० गते शनिवार चिया पसलमा कफी खुवाउने वहानामा बोलाई धम्क्याएको वाग्लले वताए ।

उनले भने -‘मलाई वडाकी महिला सलस्यले तपाईको टाउकोको मासु पकाएर कुकुरलाई दिन मन लागेको छ भन्दै धक्की दिइन् ।’

सार्वजनिक कार्यक्रम र व्यक्तिगत रुपमा भेटी नगरपालिकका विषयमा समाचार नलेख्न चेतावनी दिएका छन् ।

थापा तथा कार्कीले -‘हामी जनप्रतिनिधि भनेका हामी हौं, यो वडाको विकास निर्माणमा हाम्रो अधिकार वाहेक कसैको केही चल्दैन त्यसैले समाचार हाम्रा पक्षमा हुनु पर्छ , यदि हाम्रो अनुकुल समाचार नआए जहाँसुकै जे पनि हुन सक्ने छ’ भन्दै चेतावनी दिएका दिए ।

यस्तो थियो समाचार

महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी, कठिनपूर्ण यात्रा कति दिन गर्ने महालक्ष्मी नगरवासीले