neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एस्टन भिल्लामाथि चेल्सीको जित

Dec 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, पुस १२

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई उसकै घरेलु मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल गरे ।

खेलको २८ औँ मिनेटमा चेल्सीका रिस जेम्सले आत्मघाति गोल गरेपछि एस्टन भिल्लाले अग्रता लिएको थियो।

तर, खेलको ३४ औँ मिनेटमा चेल्सीका जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५६ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।लुकाकु दोस्रो हाफमा बैकल्पिक खेलाडी रूपमा मैदान छिरेका थिए।उनले कोभिड-१९ का कारण तीन खेल गुमाएका थिए ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा जोर्गिन्होले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै चेल्सीले १९ खेलबाट ४१ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।पराजित एस्टन भिल्लाको १८ खेलबाट २२ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi