neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई छ अंकको अग्रता

Dec 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष १२
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६-३ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रहिम स्टर्लिंगले दुई गोल गरे भने केभिन डे ब्रुइन,रियाद महारेज, इल्के गुन्डोगन, र अमेरिक लपोर्तेले एक-एक गोल गरे ।लेस्टर सिटीका जेम्स मैडिसन,एडेमोला लुकम्यान र केलेची इहेनाचोले एक-एक गोल गरे ।

जितसँगै म्यानचेस्टर सिटीले १९ खेलबाट ४७ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।।पराजित लेस्टर सिटीको १७ खेलबाट २२ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi