काठमाडौ, पुुस ११
नेपाल बैंक पहिलो बेंक नेपाल बैंकमा बेथितीको चाङ देखिएको छ । सरकारी स्वामित्वको बैंक भएर पनि हुुन सक्ने नेपाल बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन समेतको अवज्ञा गरेको देखिएको छ ।
महालेखापरीक्षकको ५८ औं बार्षिक प्रतिवेदन २०७८ अनुसार नेपाल बैंक लिमिटेडले लाभांस घोषणा तथा बित्तीय बिवरण साधारण सभा प्रयोजनको लागि सार्वजनिक हुुने बार्षिक प्रतिवेदनमा नेपाल राष्ट्र बैकको निर्देशन अनुसार प्रकाशित गर्नुपर्नेमा प्रकाशित गगरेको देखिएन । प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकको पत्र अनुसार बीमांकीय खर्च दुई अर्ब २१ करोड र गत बर्षको बिशेष जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको एक अर्ब १९ करोड रुपैयाँ समेत गरी तीन अर्ब ४० करोड रुपैयाँ पुुन जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएको थियो ।
उक्त रकम समायोजन गर्दा सञ्चित मुनाफा ३० करोड रुपैयाँ ऋणात्मक हुन्छ । उक्त निर्देशन पालना नगरी यस बर्ष १२ प्रतिसतले हुन लाभांस एक अर्ब ८० करोड साधारण सभाबाट पारित भएको छ । निर्देशनको पालना तथा सर्वसाधारण लगानीकर्ता र सरोकारवालालाई सही सुचना प्रवाह गरेको देखिएन, महालेखाले भनेको छ ।